अनलाइनलाई जिम्मेवार बनाउन अभिमुखीकरण


अनलाइनलाई जिम्मेवार बनाउन अभिमुखीकरण

काठमाडौँ १६ वैशाख : पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन हरेक साताको शुक्रबार गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई प्रेस काउन्सिल नेपालले निरन्तरता दिएको छ ।

शुक्रबारको कार्यक्रममा विषय विज्ञ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल तथा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले प्रशिक्षण दिए ।

कार्यक्रममा दाहालले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यतालाई आत्मसात गरि पत्रकारिता गर्नुपर्ने सुझाव दिए ।

हरेक पेसा र व्यवसायको आफ्नो धर्म हुने भन्दै पत्रकारिताको धर्म सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुरहेको उनको भनाइ थियो । उनले पत्रकार आचारसंहिता अन्र्तगतको सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा पुग्नेगरी सूचनाको सम्प्रेषण गर्न नहुनेतर्फ सजग रहनपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सदस्य बेलबासेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरू महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले शुक्रबारबाट ज्येष्ठ नागरिकतामैत्री निर्देशिका सार्वजनिक गरेको भन्दै यसको सफल कार्यान्वयनका लागि सञ्चार माध्यमलाई आग्रह गरे ।

सोहीक्रममा प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको लोगो अंकित ब्याच पूर्व अध्यक्ष दाहाललाई प्रदान गरे ।