कमल थापाका विश्वासिला पात्र सुवेदीले दिए साधारण सदस्य नरहने गरि राजिनामा


कमल थापाका विश्वासिला पात्र सुवेदीले दिए साधारण सदस्य नरहने गरि राजिनामा

नेपालगन्ज १६ वैशाख : कमल थापा नेतृत्व राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधर सुवेदीले राजीनामा दिएकाछन् । बाँकेको कोहलपुर निवासी सुवेदीले राप्रपा नेपालको साधरण सदस्य समेत नरहने गरि राजनीनामा दिएका हुन् ।

आसन्न स्थानीय तह निर्वाचन हुन केही दिन बाँकी रहेकै बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाका विश्वासिला पात्रका रुपमा रहेका सुवेदीले राजीनामा दिएका हुन् । उनको राजीनामालाई महत्वका साथ हेरिएकोछ ।

राप्रपा नेपालका केन्द्रिय सदस्य समेत रहेका सुवेदी २०६८ सालदेखि तत्कालिन राप्रपा नेपालमार्फत सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनले दिएको राजीनामामा भनिएकोछ –‘नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुर्नस्थापना गर्ने महान अभियानमा प्रजातन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रका अभियन्ता श्रद्धेय कमल थापा ज्यूसँग निकट रहेर राजनीति सिक्न र बुझ्न पाउनु मेरो अहोभाग्य थियो । राप्रपा नेपाल, राप्रपा र पुनः राप्रपा नेपालसम्म आईपुग्दा जिल्ला सदस्य, जिल्ला पार्टी प्रवक्ता हुँदै राप्रपा नेपालको केन्द्रिय सदस्यमा चयन हुनु मेरा लागि वास्तवमै ऐतिहासिक राजनीतिक सफलता हासिल थियो, गर्व छ मलाई यो राजनितिक सफलतामा ।’

Kanti Aarogya Hospital Nepalgunj

‘मेरो जिवनमा राजनीतिक आदर्श पुरूषका रूपमा श्रद्धेय अध्यक्ष कमल थापा रहनेमा कुनै शंका छैन । विशेष परिस्थितिका कारण अबको समयमा स्वतन्त्र रूपमा बस्नै पर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिने निर्णयमा पुगेको छु’ उनले आफ्नो राजीनामामा भनेकाछन् –‘आसन्न स्थानीय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।’