नेपालगन्ज १७ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका पूर्वमेयर तथा लोसपाका नेता विजयकुमार गुप्तासहित ४९ जनाले सामुहिक राजीनामा दिएकाछन् ।
पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका हुन् । गुप्ता वरिष्ठ अधिवक्ता समेत हुन् ।
पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक–पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएको बताइएकोछ ।
संविधान संशोधन विधेयक तथा नेपालगन्ज विश्वविद्यालय विधेयक पारित गर्न असहयोग गर्ने नेकपा एमालेसँग सहकार्य गरेकाले पनि पार्टी छाड्नु परेको उनीहरु भनाइछ ।
जिल्लामा पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य सवेन्द्रनाथ शुक्लाले मनपरी गरेको र स्थानीय निर्वाचनमा पार्टीको जिल्लास्तरको नेतृत्वसँग कुनै सुझाव सल्लाह नगरी कार्यकर्ताको मनोबल गिराउने खालको गतिबिधि भएकाले राजीनामा दिएको लोसपाकी महिला नेतृ रेखा गुप्ताले जानकारी दिइन् ।
‘पार्टीभित्रको रवैया ठिक छैन, केन्द्रिय कार्यकारीणी सदस्य शुक्लाको मनपरी छ’, महिला नेतृ गुप्ताले भनिन्, ‘आफूखुसी गरेका छन्, त्यसकारण आफूहरुले राजीनामा दिएका छौं । अझै करिब सय जना जति नेता तथा कार्यकर्ताले राजीनामा दिने तयारी छ ।’
स्थानीय तह निर्वाचनको मुखमै आएर लोसपाका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएपछि यतिबेला बाँकेको राजनीति बृत्तमा चर्चा चुलिएकोछ । यसअघि लोसपाले नेपालगन्जसहित बाँकेका विभिन्न पालिका र केही वडामा आफ्नो पकड बलियो भएको भन्दै आफ्ना उम्मेदवारलाई अघि सारेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’