खजुरा(बाँके) १७ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा सत्ता गठबन्धनबाट पालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले सक्रियता बढाएकाछन् । खजुराको प्रमुख र उपप्रमुखमा सत्तागठबन्धनबाट क्रमश नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको साझा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारले चुनाव नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तीव्रता दिएपछि प्रमुख प्रतिस्प्रर्धी नेकपा एमालेलाई पालिकामा हराउने दावी गरेकाछन् ।
घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादीबाट अध्यक्ष पदका उमेदवार डम्बर विक ‘तुफान’, नेपाली काँग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले पालिकाको चुनावमा गठबन्धनप्रति आम मतादाताको लहर चलेको दावि गरे ।
अध्यक्ष पदका उमेदवार तुफानले पाँच वर्षमा एमाले सरकारले खजुराका वास्तविक पीडित किसानलाई हेर्न नसकेको बताए । उनले शनिबार खजुरा गाउँपालिका–६ सिमलघारीका जनतासँगको भेटघाटमा स्थानीय सरकारले पाँच वर्षको अवधिमा सिमलघारीका जनताको जीवन उकास्न शिक्षा, कृषि, पूर्वाधार विकासलगायतका काममा केही गर्न नसकेको जिकिर गरे ।
तुफानले सिमलघारी नयाँबस्तीका जनाताले स्थानीय सरकार आएको महसुस नै गर्न नपाएको भन्दै अब जनताको सरकार बन्ने विश्वास दिलाए ।
त्यस्तै खजुरा गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार मल्लले गठबन्धनलाई बहुमतले जिताउन आम मतादालाई आग्रह गर्दै गठबन्धनको जित र हार खजुराबासीको हातमा रहेको बताइन् ।
खजुराबासीले यसअघि चुनेका नेताबाट न्याय नपाएको भन्दै आफ्नो मतको कदर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’