स्थानीय तह निर्वाचन

खजुरामा गठबन्धनका उम्मेदवारले बढाए सक्रियता


खजुरामा गठबन्धनका उम्मेदवारले बढाए सक्रियता

खजुरा(बाँके) १७ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा सत्ता गठबन्धनबाट पालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले सक्रियता बढाएकाछन् । खजुराको प्रमुख र उपप्रमुखमा सत्तागठबन्धनबाट क्रमश नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको साझा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारले चुनाव नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तीव्रता दिएपछि प्रमुख प्रतिस्प्रर्धी नेकपा एमालेलाई पालिकामा हराउने दावी गरेकाछन् ।

घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादीबाट अध्यक्ष पदका उमेदवार डम्बर विक ‘तुफान’, नेपाली काँग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले पालिकाको चुनावमा गठबन्धनप्रति आम मतादाताको लहर चलेको दावि गरे ।

अध्यक्ष पदका उमेदवार तुफानले पाँच वर्षमा एमाले सरकारले खजुराका वास्तविक पीडित किसानलाई हेर्न नसकेको बताए । उनले शनिबार खजुरा गाउँपालिका–६ सिमलघारीका जनतासँगको भेटघाटमा स्थानीय सरकारले पाँच वर्षको अवधिमा सिमलघारीका जनताको जीवन उकास्न शिक्षा, कृषि, पूर्वाधार विकासलगायतका काममा केही गर्न नसकेको जिकिर गरे ।

Kanti Aarogya Hospital Nepalgunj

तुफानले सिमलघारी नयाँबस्तीका जनाताले स्थानीय सरकार आएको महसुस नै गर्न नपाएको भन्दै अब जनताको सरकार बन्ने विश्वास दिलाए ।

त्यस्तै खजुरा गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार मल्लले गठबन्धनलाई बहुमतले जिताउन आम मतादालाई आग्रह गर्दै गठबन्धनको जित र हार खजुराबासीको हातमा रहेको बताइन् ।

खजुराबासीले यसअघि चुनेका नेताबाट न्याय नपाएको भन्दै आफ्नो मतको कदर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।