नेपालगन्ज १८ वैशाख : नेपालगन्जका महिला स्वास्थ्य स्वयमसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयमसेविकासँगको अन्तरक्रियामा उनीहरुले नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरुमाझ राखेका थिए । त्यसक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गरे ।
उनले महिला स्वास्थ्य स्वयमसेविकाहरुका समस्याप्रति आफु गम्भीर रहेको भन्दै विजयी भए ति समस्यालाई सम्वोधन गरिने बताए ।
यस्तै उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वयमसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताए ।
उनले उपप्रमुख पदमा निर्वाचित भए महिला स्वास्थ्य स्वयमसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’