नेपालगन्ज १८ वैशाख : सरकारले नेपाल प्रहरीको नयाँ आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । वि.सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह २०७९ मा आइपुग्दा संगठन प्रमुख अर्थात् आईजीपी बने ।
कर्णाली प्रदेशको दैलेख पुर्ख्यौली घर भएका सिहंले एमए, बीएलसम्मको अध्ययन नेपालगन्जमा गरे । सानैदेखि खेलकुदमा रुचि भएका सिंहले सुरुमा प्रहरीमा प्रवेश गर्ने सोच भने बनाएका थिएनन् ।
आईजीपी सिंह भन्छन्, ‘घरनजिकै नेपालगन्जमा प्रहरीको व्यायामशाला थियो, म सानै थिएँ । म पनि खेल्न जान्थेँ । त्यहाँ जाँदाजाँदै प्रहरी बन्ने रहर लाग्यो । त्यसरी म प्रहरी भएँ ।’
सामान्य परिवारमा जन्मिएका आईजीपी सिंहका एक छोरा र एक छोरी छन् । छोरी मेडिकल शिक्षा अध्ययनरत छिन् ।
सिंहका अनुसार प्रहरी सेवामा भर्ना हुँदा तालिमपछि उनी एक नम्बर भएका थिए । उनले नुवाकोट, गोरखा, दोलखा, पर्सा, दाङ, अपराध महाशाखा, प्रदेश नम्बर–२ र केन्द्रिय अनुसन्धान ब्युरोको प्रमुख भएर काम गरिसकेका छन् ।
आफ्नो नेतृत्वमा प्रहरीलाई अझ बढी व्यावसायिक बनाएर लैजाने उनी बताउँछन् । -बाह्रखरीबाट
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’