डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाका नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्न घरदैलोमा पुगिरहेका हुन् । अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष पदका उम्मेदवार शाहिदा बानोसहित वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।
घरदैलामा पुग्दा स्थानीय नागरिकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको अध्यक्षका उम्मेदवार चौधरीले बताए ।
‘मैले पाँच वर्ष मन, वचन र कर्मका साथ यहाँका जनताको सेवा गरेको छु, सुखदुःखमा संगसंगै छु, अझै पाँच वर्ष केही अधूरा काम गर्ने मनसायका साथ चुनावी मैदानमा होमिएको छु, मलाई शतप्रतिशत विश्सास छ, जनताबाट म फेरि अनुमोदन हुन्छु,’ निवर्तमान अध्यक्ष समेत रहेका चौधरीले भने ।
चौधरी नेतृत्वको टोलीले आज वडा नम्बर– ६ हिरमिनियाका विभिन्न गाउँ तथा टोलहरुमा घरदैलो गरेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’