नेपालगन्ज १८ वैशाख : निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने आयोगले चेतावनी दिएको हो ।
आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, ‘निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पु¥याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेसित गरिएको भ्रामक सूचनालाई मिथ्या सूचना भनिन्छ ।’
यस्ता सूचना सम्प्रेसित गरिएको पाइएमा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानून अनुसार कारबाही गरिने बताएको हो ।
आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुदैँछ । निर्वाचन मिति नजिकिएपछि उम्मेदवारहरुले आफ्नो चुनावी गतिविधि तिव्र पारेका छन् ।