बाँके (राप्ती सोनारी) १८ वैशाखः राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु मतदाताका घर–घरमा पुगेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेल, उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु सहितको समूह चुनावी घरदैलोमा पुगेका हुन् ।
सो क्रममा मतदाताहरु उत्साहित देखिएका थिए । आईतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ७ मा मतदाता माझ पौडेल र थारुले स्थानीयबासीको समस्या बुझ्दैै त्यसको सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
त्यस क्रममा स्थानीयले विजयीको आशिर्वाद समेत दिए । मतदाताहरुले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्न आफुहरुले मतदान गर्ने प्रतिवद्धता जनाए ।
नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन घरदैलो कार्यक्रममा राप्तीसोनारी क्षेत्रका अगुवा नेताहरु नै बढि सक्रिय देखिएका छन् ।
घरदैलो अभियानका क्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, काँग्रेस बाँकेका जिल्ला सदस्य तिला कार्की र देवबहादुर खाँड ठकुरी लगायत सहभागी भएका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’