बाँके (राप्ती सोनारी) १८ वैशाखः राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु मतदाताका घर–घरमा पुगेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेल, उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु सहितको समूह चुनावी घरदैलोमा पुगेका हुन् ।
सो क्रममा मतदाताहरु उत्साहित देखिएका थिए । आईतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ७ मा मतदाता माझ पौडेल र थारुले स्थानीयबासीको समस्या बुझ्दैै त्यसको सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
त्यस क्रममा स्थानीयले विजयीको आशिर्वाद समेत दिए । मतदाताहरुले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्न आफुहरुले मतदान गर्ने प्रतिवद्धता जनाए ।
नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन घरदैलो कार्यक्रममा राप्तीसोनारी क्षेत्रका अगुवा नेताहरु नै बढि सक्रिय देखिएका छन् ।
घरदैलो अभियानका क्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, काँग्रेस बाँकेका जिल्ला सदस्य तिला कार्की र देवबहादुर खाँड ठकुरी लगायत सहभागी भएका थिए ।