नेपालगन्ज १९ वैशाख: आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल सहित बिभिन्न वडाका उम्मेदवारहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुगेका छन् ।
उम्मेदवार सहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेपछि चुनावको एमालेको पक्षमा देखिएको छ ।
मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दीर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु मेयर पदका उम्मेदवार मिश्रले बताए ।
नेपालगन्जको विकासका लागि आफुले गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै मिश्रले एकपटक अवसर दिन अनुरोध गरे । पदमा नभए पनि नेपालगन्जको विकासका लागि लागेका मिश्र यसपटक मेयर जितेर यहाँको विकासलाई तिब्रता दिने अठोट लिएका छन् ।
नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको प्रचार विभागका प्रमुख सतिस निरौला बताउछन् । अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उनले बताए । जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
टोलवस्तीका समस्याहरुलाई आफुहरुले प्राथमिकतामा राखेको नेकपा एमालेबाट नेपालगञ्ज नगरका प्रत्यासी मिश्रले जानकारी दिए ।
आफुले स्थानीय सरकारको प्रमुखको जिम्मा पाएको खण्डमा नगरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र स्टार्टअप कल्चरको क्षेत्रमा योगदान दिने मेयरका प्रत्यासी मिश्रले प्रतिबद्धता जनाए ।
आफुहरु निर्वाचित भएर आएमा सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउने नगरका उपमेयरका उम्मेद्धार शान्ति ढकालले बताईन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’