भोलि ईद, सरकारले दियो सार्वजनिक विदा


भोलि ईद, सरकारले दियो सार्वजनिक विदा

नेपालगन्ज १९ वैशाख : इस्लाम धर्मालम्बीहरुको पर्व ईदका अवसरमा सरकारले सार्वजनिक विदा दिने भएकोछ ।

सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’