बाँके (नरैनापुर) १९ वैशाख : फुसको छाना हटाउने प्रतिवद्धता लिएर बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।
नेपाली काँग्रेसबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदका उम्मेदवार अतिकुन निशाले मतदाता भेटघाटका क्रममा फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताए ।
बाँके जिल्लामा नरैनापुर गाँउपालिका सबैभन्दा बढी आगलागी हुने क्षेत्र हो । केहिदिन अघि मात्रै १५ घरगोठ जलेर नष्ट भएको थियो । वर्षेनी आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था देखीने गरेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा रहेको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले बताए । यसका लागि एक घर सुरक्षित आवास कार्यक्रम सन्चालन गर्ने उनको भनाई छ ।
यसका साथै गाँउपालिकामा कृषि क्षेत्रको विकासका लागि किसानलाई, मल, विउ, किटनाशक औषधि वितरण गर्ने, मोटरपम्म वितरण गर्ने योजना रहेको बताए । त्यस्तै राम्रो नश्लको गाईभैसीपालन, बाख्रापालन लगायतका कार्यक्रम सञ्चालन गर्ने, गोठ सुधार कार्यक्रम, निशुल्का पशु विमा लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।
स्वास्थ्य क्षेत्रतर्फ घरघरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने, सामाजीक सुरक्षा भत्ता घरमै पुर्याउने, गाँउपालिकाका ३ वटा ठाउँमा दिशा, पिसाब, रगत लगायतका जाँच गर्ने ल्याब स्थापना गर्ने, नि:शुल्क एम्बुलेन्स सेवा लगायतका योजना छन् ।
यस्तै प्रविधिसंग गाँउपालिकालाई जोड्न ठाउँ–ठाउँमा फ्रि वाइफाईको व्यवस्था गरिने छ । युवाहरुका लागि रोजगारी, छोरी जन्मेपछि प्रोत्साहन रकम बैंक खातामा जम्मा गरिने लगायतका प्रतिवद्धतासहित उम्मेदवारहरु घरदैलोमा पुगिरहेकाछन् ।
यसैविच आज सोमबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ को प्रशरामपुर, दौलतपुर, खोदावामा घरदैलो कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार मनोजकुमार शर्मा, नेपाली काँग्रेस क्षेत्रीय सदस्य क्षेत्र नम्बर १ का गुरुमुरत यादव, क्षेत्रीय प्रतिनिधि रामानन्द शर्मा लगायतको सहभागिता थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’