सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी


सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

खजुरा (बाँके) १९ वैशाख: बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले विकासको प्रतिवद्धता गर्दै मतदातालाई चिठ्ठी पठाएका छन् ।

अध्यक्ष पदका उम्मेदवार मल्लले आगामी ५ वर्षका लागि १ सय १२ बुँदे प्रतिवद्धता पत्र सहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाई कसरी गर्ने भन्ने उल्लेख छ ।

मतदातालाई पठाएको चिठ्ठी पढेर खजुरा गाउँपालिका वडा नम्बर ७ का ८० वर्षका कर मोहम्मद खाँले जितको शुभकामना दिए । खाँले सुमनको पत्रमा उल्लेख भएको ‘दु:खमा साथ दिने मेरो स्वभाव हो’भन्ने शब्दले झनै भावुक बनाएको उल्लेख गरे ।

खजुरा गाउँपालिका –२ का खगेन्द्र सुबेदीले चिठ्ठी हातमा परेपछि क्षणभरमै पढ्न भ्याए । हरेक शब्द मनछुने रहेको प्रतिक्रिया दिदैं उनले ‘म नेता बन्न होइन सेवक बन्नका लागि निर्वाचनमा होमिएको हो’ भन्ने कुरा असाध्यै मन परेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

वडा नम्बर ५ का तसरोथ खाँले पनि चिठ्ठी प्राप्त गरिसकेका छन । खाँले सुमनको भावना उत्कृष्ट लागेको बताए । चिठ्ठी साँचेर राख्न भन्दै अध्यक्ष पदका उम्मेदवार मल्लेले त्यो कार्यान्वयन भए नभएको थाहा पाउन हरेक समयमा परीक्षा लिन अनुरोध समेत गरेका छन् ।

यसैबीच, बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ८ वटा वडालाई नमुना बनाउने उद्घोष गरेका छन ।

मतदाताको घरदैलोमा पुग्नेक्रममा आज खजुरा ४ ईगाउँमा आयोजित टोल भेलामा मल्लले सम्पूर्ण वडालाई प्राथमिकता दिएर काम गर्ने बताए । अध्यक्षका उम्मेदवार मल्लले ११२ बुँदे प्रतिवद्धतापत्र सहित आफु जनताको घरदैलोमा पुगिरहेको भन्दै विकास र समृद्धिका लागि आप्mनो उम्मेदवारी रहेको बताए ।

एमाले खजुराले सुमन मल्ललाई अध्यक्ष पदका उम्मेदवार बनाएपछि खजुराका जनतामाझ एक किसिमको आशा पलाएको छ । मल्लले घरदैलो अभियानमै रहदाँ खजुराका बाँकी ७ वडालाई पनि नमुना बनाउने उद्घोष गरेका हुन । वडा नम्बर १ का वडा अध्यक्ष भएर वडालाई जिल्लकै नमुना बनाएका मल्लले खजुराका अन्य वडालाई थप व्यवस्थित गराएर विकास गरिने योजना रहेको सुनाए । अध्यक्ष सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशा सहितको टोलीले खजुराका वडा नम्बर १,२,३,४ मा टोल भेला गरि जनतासँग अन्तक्रिया गरिसकेको छ ।