राप्तीसोनारी (बाँके) १९ बैशाख : राप्तीसोनारीका काँग्रेस उम्मेदवारहरुले पाँच वर्षमा काँग्रेसले गरेका कामहरुको उचित मूल्यांकन गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
अध्यक्षका उम्मेदवार तप्त बहादुर पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले यसअघि पनि काँग्रेसले नै जितेर जनताका पक्षमा गरेका कामहरुको उचित मूल्यांकन गर्दै फेरि पनि कांग्रेसकै उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा आज (सोमबार) गरिएको घरदैलोका क्रममा पौडेल र थारुले अपूरा कामहरुको निरन्तरता लागि आफूहरुलाई पुन: अनुमोदन गर्न आग्रह गरे ।
घरदैलोमा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको बृहत्तर हितका लागि पुन: काँग्रेसलाई नै रोज्न आग्रह गरे ।
स्थानीयहरुले काँग्रेसका जनप्रतिनिधिले गरेका कामहरुबाट आफूहरु लाभान्वित भएको भन्दै फेरि पनि कांग्रेसलाई नै रोज्ने प्रतिक्रिया दिएका थिए ।
घरदैलोमा वडा अध्यक्षका उम्मेदवार नरेन्द्र विक्रम ओली लगायत वडा सदस्यका उम्मेदवारहरु पनि थिए । राप्तीसोनारीमा यसअघिको स्थानीय निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी