नेपालगन्ज १९ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएकाछन् ।
मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुगेका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
“मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु,“ विष्टले भने, “सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ ।“
उनले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताए । नगर प्रमुखका उम्मेदवार विष्टले स्थानीय कृषि उत्पादनहरु बढाउँदै ती उत्पादनले उचित बजार पाउने गरी काम गर्ने उल्लेख गरे ।
वडा नम्बर २३ मा काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना, महिला सदस्य पुनमसिंह ठकुरी, दलित महिला सदस्य नन्कुन्ना खटिक तथा खुला सदस्यका उम्मेदवारहरु सौकत अली बेहना र फारुक दर्जी घरदैलोमा व्यस्त छन् ।
वडा नम्बर १८ मा घरदैलो
यसैबीच नगर प्रमुख पदका उम्मेदवार विष्टले आजै वडा नम्बर १८ तेजनगरमा वडाका उम्मेदवारहरुसंगै घरदैलो गरेकाछन् । वडा अध्यक्षका उम्मेदवार मंगल प्रसाद बर्मा (सानु), महिला सदस्य उम्मेदवार केशु पोख्रेल, दलित महिला सदस्य सरोज खटिक तथा खुला वडा सदस्यका उम्मेदवारहरु राम बहादुर भण्डारी र रामप्रकाश मौर्य पनि घरदैलोमा संगसंगै थिए ।
घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, काँग्रेसका जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति रमेश गुप्ता, नेता ललित रौनियार लगायतका नेता कार्यकर्ता पनि संगसंगै थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’