नेपालगन्ज मेयरका उम्मेद्वार नन्दलाल वैश्यले आचारसंहिता उल्लङ्घन गरे


नेपालगन्ज मेयरका उम्मेद्वार नन्दलाल वैश्यले आचारसंहिता उल्लङ्घन गरे

नेपालगन्ज मेयरका उम्मेद्वार नन्दलाल वैश्यले आचारसंहिता उल्लङ्घन गर्दै नेपालगन्ज शहरका भित्तामा टाँसेका पम्पलेट । तस्विर : सेतोखरी


नेपालगन्ज १९ बैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार बनेका नन्दलाल वैश्यले आचारसंहिता उल्लङ्घन गरेका छन् । निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन गर्दै नन्दलाल वैश्यले नेपालगन्जमा चुनावी प्रचार प्रसार गरिरहेकाछन् ।

वैश्यले निर्वाचन आयोगको आचारसंहितालाई ठाडो रुपाम चुनौती दिंदै भित्ता भित्तामा पोष्टर, पम्पलेटहरु टाँसेका छन् । आचारसंहिता उल्लङ्न गर्ने वैश्यमाथि निर्वाचन आयोगले कार्वाही गर्नु पर्ने विभिन्न राजनीतिक दलका उम्मेद्वारले माग गरेका छन् ।

‘नन्दलाल वैश्यले अहिलै त निर्वाचन कार्यालयको आचारसंहिता उल्लङ्न गर्ने थाले पछि झन के के गर्लान ? यस्तालाई भोट दिएर जिताएर के काम ?’ वैश्यले नेपालगन्ज बजार, गल्लीहरुका भित्तामा आफ्नो चुनावी प्रचारको पोष्टर, पम्पलेट टाँसेका छन् ।

सेतोखरी समाचारदाताले नन्दलाल वैश्यलाई आचारसंहिता किन उल्लङ्घन गरेको भनि सोधेको प्रश्नमा वैश्यले भने ‘मैले त्यस्तो केही गरेको छैन, त्यस्तो टाँसेको भए म फाल्न लगाउँछु ।’ निर्वाचन आयोगले आचारसंहिता उल्लङ् गर्ने उम्मेद्वारको उम्मेदवारी रद्द हुने जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए उम्मेदवारमाथि कारबाही बताए ।