कोहलपुरमा एमाले उम्मेदवारवीच परिचय कार्यक्रम सम्पन्न


कोहलपुरमा एमाले उम्मेदवारवीच परिचय कार्यक्रम सम्पन्न

कोहलपुर (बाँके) १९ वैशाख: नेकपा एमाले कोहलपुर नगरकमिटिको पहिलो चरणको कार्यक्रम उम्मेदवार परिचयात्मक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

मनोदनय दर्ता भएलगत्तै शुरु भएको चुनावी प्रचारप्रसार अभियान अन्र्तगत एमाले उम्मेदवारीबच कोहलपुर नगरपालिका वडा नम्बर १२ मा बृहत परिचय कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो चरणको कार्यक्रम वडा नम्बर १ देखि वडा नम्बर १५ सम्मै सञ्चालन भएको थियो । परिचयात्मक कार्यक्रममा नेकपा एमालेबाट कोहलपुर नगरपालिकाका मेयर उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरु प्रत्येक वडामा गई त्याहा समस्यहरुको बारेमा जानकार हुनुका साथै प्रत्यक्ष जनताहरुसंग अन्र्तक्रिया समेत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्र, प्रदेश कमिटी र जिल्ला कमिटीका नेता तथा उम्मेदवारहरु जनताको घरआगनमा पुगेका थिए । करिब एक हप्ता सञ्चालन भएको कार्यक्रमले जनताका बिचमा नेकपा एमालेको जनलहर भएको र जनताहरु राष्ट्र निर्माणको जिम्मा एमालेलाई दिन चाहेको भाबना प्रत्यक्ष रुपमा आएको पार्टीका नेताहरुको भनाई रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेले बैशाख २० गतेदेखि दोस्रो चरणको कार्यक्रमको आयोजना गर्दै छ । जसमा नेकपा एमाले केन्द्रिय अनुसासन आयोगका सदस्य देबराज भारको नेतृत्वमा प्रदेश कमिटी उपसचिव दुर्गाप्रसाद थारु, आरती पौडेल, लुटबहादुर रावत, गोपाल गिरी रहृको उच्चस्तरिय टिम गठन गरेको छ ।
यस्तै यूवाहरुको नेतृत्वमा कुस्माखर बस्याल, राजु तामाङ, मिलन शाह, केशव शाही, रमेश मिजार, जुनु रोका, भिम थापा, राजु शाह, काशि अधिकारी, सन्दिप बानिया, रमेश पोख्रेल, पंजिर मल्ल, मोहन शर्मा, नवकिरण शाह, मानस शाहीको टिम गठन गरि प्रत्येक वडाहरुमा परिचालन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै नेकपा एमालेका अन्य जनबर्गिय संगठनहरुलाई पनि चलायमान र उनीहरुलाई प्रत्येक वडा वडाको जिम्मा दिएर सबै जनबर्गिय संगठनहरुलाई वडामा परिचालन गर्ने त्यस पश्चात बुथ केन्द्रित योजनाहरु रहेको नेकपा एमाले बाँके जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्य ढकालले बताए ।