बाँके काँग्रेसको अपील पार्टीका आधिकारिक उम्मेदवारलाई जिताऔं


बाँके काँग्रेसको अपील पार्टीका आधिकारिक उम्मेदवारलाई जिताऔं

नेपालगन्ज १९ वैशाख : नेपाली काँग्रेस बाँकेले पार्टीका आधिकारिक उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण पार्टीपंक्तिलाई अपील गरेको छ ।

पार्टी सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका हुन् ।

गौडेलले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, आठ वटै पालिकाका पदाधिकारी एवम् सदस्यहरु, ८१ वटै वडाका पदाधिकारी र सदस्यहरु, टोल समितिहरु, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य एवम् सम्पूर्ण भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अपील गरे ।

उनले पार्टीका उम्मेदवारहरुलाई जिताउन इमान्दारीपूर्वक सक्रियताका साथ लाग्न आह्वान गर्दै इमान्दारीपूर्वक लागेका नेता कार्यकर्ताहरुको उच्च मूल्यांकन गरिने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सभापति गौडेलले पार्टीका आधिकारिक उम्मेदवारहरुका विरुद्धमा लाग्ने कुनै पनि तहका पदाधिकारी वा क्रियाशील सदस्यहरुलाई पार्टीको विधान अनुरुप प्रमाणसहित सिफारिस भई आएमा विधानत: कारवाही गरिने उल्लेख गरेका छन् ।