नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर हो : प्रशान्त विष्ट

विपी चोकको इदगाहमा पुगेर मेयरका उम्मेदवार विष्टले शुभकामना दिए


नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर हो : प्रशान्त विष्ट

नेपालगन्ज २० वैशाख : नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदको शुभकामना दिएका छन् ।

आज विहानै इदगाहमा पुगेका विष्टले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताए।

उनले नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर भएकाले सबै समुदायले सबै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार विष्टले एकआपसमा अंकमाल गर्दै ईदको शुभकामना दिएका थिए ।

त्यसक्रममा इदको नमाज पढ्न इदगाह पुगेका ठूलो संख्याका मुस्लिम समुदायले मेयरका उम्मेदवार विष्टलाई आसन्न स्थानीय तहको निर्वाचनमा विजयीको शुभकामना दिएका थिए ।

शुभकामना दिनेक्रममा उनीहरुले नेपालगन्जको मुहार फेर्न युवा नेताको खाँचो रहेको र त्यो सम्भावना विष्टमा आफूहरुले देखेको इद मनाउन विपि चोक स्थित इदगाह पुगेका मुस्लिम समुदायका अगुवा तथा नेताहरुले प्रतिक्रिया दिएका हुन् ।