नेपालगन्ज २० वैशाख : पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समग्र नेपालगन्ज उपमहानगरपालिकाको विकास गर्नका लागि नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईलाई निर्वाचित गराउनुको विकल्प नभएको बताएका छन् ।
उपमहानगरपालिका चलाउनका लागि दुबै जना योग्य ब्यक्ति भएको उनको भनाई छ । मुस्लिम समुदायको महानपर्व ईदको अवसरमा नेपालगन्जको विपीचोकमा आज विहान शुभकामना साटासाट गर्दै उनले यस्तो बताएका हुन् ।
ईदको शुभकामना साटासाट गर्न विपी चोक पुगेका मुस्लिम र गैर मुस्लिम समुदायसँग बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधी सभाका सांसद समेत रहेका राईले अबको पाँच वर्ष नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणमा विष्ट र राईलाई सेवा गर्न दिनुपर्ने उनको तर्क थियो ।
नेपालगन्जका मुस्लिम समुदायले निर्वाचनमा मतदान गर्दा एक पटक गम्भीर रुपले सोच्नुपर्ने र त्यो सोचाईबाट अन्तिम निर्णय मेयरमा विष्ट र उपमेयरमा राईलाई मतदान गर्न आग्रह गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’