नेपालगन्ज २० वैशाख : पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समग्र नेपालगन्ज उपमहानगरपालिकाको विकास गर्नका लागि नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईलाई निर्वाचित गराउनुको विकल्प नभएको बताएका छन् ।
उपमहानगरपालिका चलाउनका लागि दुबै जना योग्य ब्यक्ति भएको उनको भनाई छ । मुस्लिम समुदायको महानपर्व ईदको अवसरमा नेपालगन्जको विपीचोकमा आज विहान शुभकामना साटासाट गर्दै उनले यस्तो बताएका हुन् ।
ईदको शुभकामना साटासाट गर्न विपी चोक पुगेका मुस्लिम र गैर मुस्लिम समुदायसँग बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधी सभाका सांसद समेत रहेका राईले अबको पाँच वर्ष नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणमा विष्ट र राईलाई सेवा गर्न दिनुपर्ने उनको तर्क थियो ।
नेपालगन्जका मुस्लिम समुदायले निर्वाचनमा मतदान गर्दा एक पटक गम्भीर रुपले सोच्नुपर्ने र त्यो सोचाईबाट अन्तिम निर्णय मेयरमा विष्ट र उपमेयरमा राईलाई मतदान गर्न आग्रह गरे ।