आचार्य र सुवेदीलाई मुस्लिम समुदायले दिए जितको शुभकामना


आचार्य र सुवेदीलाई मुस्लिम समुदायले दिए जितको शुभकामना

नेपालगन्ज २० वैशाख : नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदीले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिएका छन् ।

आज विहानै कोहलपुर नगरपालिका–९ स्थित इदगाहमा पुगेर आचार्य र सुवेदीले इदको शुभकानमा दिएका हुन् ।

मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै उनीहरुले सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताए ।

कोहलपुर नगरपालिकामा सबै धर्म समुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुले मुस्लिम समुदायको हकहितको सवामा काँग्रेस सधै अगाडि रहेको पनि बताए । त्यसक्रममा मुस्लिम समुदायले आचार्य र सुवेदीलाई जितको शुभकामना दिएका थिए ।