नेपालगन्ज २० वैशाख : मुस्लिम समुदायहरुको महान पर्व इदमा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गरेका छन् ।
वीपी चोक स्थित इदगाहमा पुगेर समुस्लिम समुदायको महान पर्व इद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गरेका हुन् । सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताए ।
उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए ।
मिश्राले नेपालगन्जको बिकासको यात्रामा नेपालगन्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गरे ।
उनले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’