बाँके (बैजनाथ) २० वैशाख : बाँकेको बैजनाथ गाउँपालिकाका मतदाताहरुले नेपाली काँग्रेसका उम्मेदवारहरुको भव्य स्वागत गरेका छन् । मध्यान्हको चर्को गर्मीमा पनि मतदाताहरुले विकासको नयाँ आशा बोकेर उम्मेदवारको स्वागत गरेका हुन् ।
काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय लगायतको टोलि आज मंगलबार विहानैदेखी मतदाताको घरदैलोमा पुगेको छ ।
बैजनाथ गाँउपालिकाको वडा नम्बर १, २ र ४ मा पुगेर आज मतदाताका गुनासा, समस्या सुन्नुका साथै गाँउको अवस्थाको अनुगमन गरिएको गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार शाहीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, पार्टी प्रबक्ता डिल्लि गिरी, अनुसासन समिति संयोजक टंक काफ्ले लगायतका सहभाागिता छ । घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखीएको र यसपटक नेपाली कांग्रेसलाई जिताउने प्रतिवद्धता जनाएको पार्टी प्रवक्ता डिल्लि गिरीले जानकारी दिए ।
गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित वडाहरु नेकपा एमालेले जितेको थियो । यसपटक भने नेपाली काँग्रेसले जित्ने सम्भावना रहेको गिरीले बताए ।