बाँके (बैजनाथ) २० वैशाख : बाँकेको बैजनाथ गाउँपालिकाका मतदाताहरुले नेपाली काँग्रेसका उम्मेदवारहरुको भव्य स्वागत गरेका छन् । मध्यान्हको चर्को गर्मीमा पनि मतदाताहरुले विकासको नयाँ आशा बोकेर उम्मेदवारको स्वागत गरेका हुन् ।
काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय लगायतको टोलि आज मंगलबार विहानैदेखी मतदाताको घरदैलोमा पुगेको छ ।
बैजनाथ गाँउपालिकाको वडा नम्बर १, २ र ४ मा पुगेर आज मतदाताका गुनासा, समस्या सुन्नुका साथै गाँउको अवस्थाको अनुगमन गरिएको गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार शाहीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, पार्टी प्रबक्ता डिल्लि गिरी, अनुसासन समिति संयोजक टंक काफ्ले लगायतका सहभाागिता छ । घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखीएको र यसपटक नेपाली कांग्रेसलाई जिताउने प्रतिवद्धता जनाएको पार्टी प्रवक्ता डिल्लि गिरीले जानकारी दिए ।
गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित वडाहरु नेकपा एमालेले जितेको थियो । यसपटक भने नेपाली काँग्रेसले जित्ने सम्भावना रहेको गिरीले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’