नेपालगन्ज २० वैशाख : आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।
इदका अवसरमा नेपालगन्जको विपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो । लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो ।
इदगाहमा इदको सामुहिक नमाज पढ्न उपस्थित भएका मुस्लिम समुदायको घुँइचो भएपछि सडक र पेटीमै नमाज पढिएको थियो ।
नमाज पढेपछि औपचारिकरुपमा एकअर्कालाई गला मिलाएर इदको शुभकामना प्रदान गरिएको थियो । सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख विपी चोकमा पुगी गला मिलाएर ईदको शुभकामना साटेका थिए । यतिमात्र होइन सो क्रममा उनीहरुले आफूलाई जिताउन भोट गर्न आग्रह समेत गरेका थिए ।
विपी चोक पुगेका नेपाली काँग्रेस र जसपा गठबन्धनबाट नेपालगन्जको प्रमुखका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई, नेकपा एमालेका पशुपतिदयाल मिश्र, राप्रपाका नन्दलाल वैश्य र विन्दु चर्तीमगरलाई शुभकामना दिन र लिन भ्याइ नभ्याइ भएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’