नेपालगन्ज २० वैशाख : बैजनाथ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल, उपाध्यक्ष प्रेमपूर्ण योगी लगायतका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।
एमालेको जितको बिरासतलाई जोगाउने अभिभारा लिएका उम्मेदवारलाई मतदाताहरुले स्वागत गरिएका छन् ।
मतादाता माझ बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले आफ्नो जीवन बैजनाथ गाउँपालिकामा समर्पित रहेको बताए । ‘मेरो जीवन बैजनाथ र यहाँका जनताका लागि समर्पित छ । यहाँको विकासका लागि कुनै कसर बाँकी राख्दिन ।’– खनालले भने ।
मंगलवार उम्मेदवारहरु वडा– १ मा घरदैलो गरेका थिए । त्यस्तै उक्त वडामा स्वतन्त्रबाट उम्मेदवार बनेका धनभक्त बुढाले गल्ती गरेको स्वीकार गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त घरदैलोमा बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले समृद्ध बैजनाथ बनाउनका लागि अग्रसर हुने बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’