नेपालगन्ज २० वैशाख : बैजनाथ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल, उपाध्यक्ष प्रेमपूर्ण योगी लगायतका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।
एमालेको जितको बिरासतलाई जोगाउने अभिभारा लिएका उम्मेदवारलाई मतदाताहरुले स्वागत गरिएका छन् ।
मतादाता माझ बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले आफ्नो जीवन बैजनाथ गाउँपालिकामा समर्पित रहेको बताए । ‘मेरो जीवन बैजनाथ र यहाँका जनताका लागि समर्पित छ । यहाँको विकासका लागि कुनै कसर बाँकी राख्दिन ।’– खनालले भने ।
मंगलवार उम्मेदवारहरु वडा– १ मा घरदैलो गरेका थिए । त्यस्तै उक्त वडामा स्वतन्त्रबाट उम्मेदवार बनेका धनभक्त बुढाले गल्ती गरेको स्वीकार गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त घरदैलोमा बोल्दै अध्यक्ष पदका उम्मेदवार खनालले समृद्ध बैजनाथ बनाउनका लागि अग्रसर हुने बताए ।