कोहलपुर २० वैशाख : मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले मुस्लिम समुदायसँग भेटघाट गरेका छन् । मंगलबार कोहलपुरका मुस्लिम समुदायसँग भेट गरी मेयर पदका उम्मेदवार न्पौपानेले ईद उल फित्रको शुभकामना दिएका हुन् ।
कोहलपुरमा सबै धर्म र समुदायका नागरीकहरुबिच आपसी भाईचारको सम्बन्ध स्थापित भएकाले कोहलपुर नमुना शहरका रुपमा विकास हुने क्रममा रहेको न्यौपानेले बताए । पश्चिम नेपालकै ट्रान्जिट प्वईन्टका रुपमा रहेको कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नुपर्ने बताउँदै न्यौपानेले ईद उल फित्रले आपसी सद्भावलाई थप मजबुत बनाउने बताए ।
‘कोहलपुरमा ७७ जिल्लाकै नागरीकहरु छरीएर बस्नुभएको छ” न्यौपानेले भने, ‘यहाँ सबै जातजाती र धर्म, संस्कृती र समुदायका मानिसहरुको बसोबास छ । हामी सामाजिक एकतालाई थप मजबुत बनाउन कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नेछौं ।’
भेटघाटका क्रममा गठबन्धनका साझा उम्मेदवार न्यौपानेसँगै उपमेयरका उम्मेदवार नारायणी वलीले समेत ईदको शुभकामना दिएकी थिईन । त्यसक्रममा मुस्लिम अगुवाहरुले जितको शुभकामना समेत दिएका थिए ।
कोहलपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी तालमेल भएको छ । दुबै दलको संयुक्त गठबन्धनबाट मेयरमा न्यौपाने र उपमेयरमा वली चुनावी मोर्चामा होमिएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’