राप्तीसोनारी २० वैशाख : बाँकेको राप्तीसोनारी गाउँपलिकामा नेपाली काँग्रेसले शक्ति प्रदर्शन गरेको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–५ मा काँग्रेसले मङ्गलबार शक्ति प्रदर्शन गरेको हो ।
मङ्गलबार मध्यान्ह १२ बजे बिनौना चोकबाट सुरु भएको ¥याली रमनपुरुवा, आलीनगर, चाचरफर्का हुँदै पुनःबिनौना चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले बिकास र समृद्धि, सामाजिक सुरक्षा र गुणस्तरीय शिक्षा लगायतका बिषयमा योजनाबद्ध रुपमा काम गर्ने बताए ।
जनताहरुले दिएको साथ र समर्थनलाई सधै सम्मान गरी बिकासका काममा अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा वडा नम्बर– ५ का अध्यक्ष पदका उम्मेदवार भोला थारुले स्थानीयको साथ र समर्थनले आफूमा उत्साह थपेको बताए ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु लगायत काँग्रेसका तर्फबाट वडा नम्बर– ५ का वडा सदस्य पदका उम्मेदवार लगायतले आफ्ना विचार राखेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’