नेपालगन्ज २० वैशाख : नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले युवाहरुलाई स्वरोजगार बनाउन लोकप्रिय कार्यक्रम ल्याएका छन् ।
कार्यक्रम कार्यान्वयनको सुनिश्चिता गरिएको छ भने त्यसप्रति युवाहरुको चासो रहेको पाइएको छ ।
मल्लले २० करोडको युवा उद्यमी घुम्ती कोष बनाउने भएका छन् । त्यस कोषबाट २ हजार युवालाई स्वरोजगार बनाउने महाअभियान शुरु गरिने मल्लले बताए ।
वडा अध्यक्ष हुँदा भनेको कुरा तत्काल पुरा गर्ने छवी बनाएका मल्लले युवालाई रोजगार बनाउने भनेर सार्बजनिक गरेको योजना कार्यान्वयन हुनेमा सबै ढुक्क छन् । मल्ल भन्छन्–‘ढुक्क हुनुहोस् यो मात्र होइन मैले भनेका सबै योजना कार्यान्वयन हुन्छ ।’
यो योजना कार्यान्वयन भए खजुराका युवालाई पैसा नभएकै कारण स्वदेशमा इलम गर्न नसकेर बिदेश जान पर्ने बाध्यताको अन्त्य हुने छ । स्वदेशी पौरख र स्वदेशी श्रमबाट खजुरालाई समृद्ध बनाउन उक्त योजना ल्याएको मल्लले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’