बाँके (नरैनापुर) २० बैशाख : नरैनापुर गाँउपालिका वडा नम्बर–६ कोहलाका मतदाताले रोजगारीको माग गरेका छन् ।
नेपाली काँग्रेसबाट गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदका उम्मेदवार अतिकुन निशा लगायतको टोली मङ्गलबार वडा नम्बर–६ कोहलामा घरदैलोमा पुग्दा स्थानीयहरुले रोजगारीको माग गरेका हुन् ।
आफूहरुले नै गाँउको आवश्यक्ता बुझि त्यस आधारमा युवाहरुलाई गाँउमै रोजगारी दिने प्रतिवद्धता गरेकोे जानकारी गराउँदै गाँउपालिका अध्यक्ष पदका उम्मेदवार मौर्यले आफू निर्वाचित भएमा यो विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
घरदैलो कार्यक्रममा वडा नम्बर–६ का वडाध्यक्ष पदका उम्मेदवार प्रेमचन्द्र मौर्य, वडा सदस्य पदका उम्मेदवार सहजराम राढ (बर्मा), चुनमुन नाउ, महिला वडा सदस्य पदका उम्मेदवार सिहाना मुकेरी, दलित महिला वडा सदस्य पदका उम्मेदवार मायावती धोवि लगायतको सहभागिता थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’