माओबादी केन्द्रबाट मेयरको टिकट नपाएपछि माओबादी त्यागेर राप्रपा प्रवेश गर्दै गरेको तस्विर ।
नेपालगन्ज २० वैशाख : स्थानीय तहको निर्वाचन हुन अब ९ दिन मात्र बाँकी छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाबाट नन्दलाल वैश्य उम्मेदवार बनेकाछन् ।
उनी चुनाव लड्नकै लागि ४ वटा राजनीतिक दल बदल्दै अन्ततः राप्रवामा प्रवेश गरि नेपालगन्ज उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।
निर्वाचन मिति नजिकिदैँ जाँदा उनी चुनावी गतिविधिमा ब्यस्त छन् । तर, उनी चुनावी मैदानमा जति ब्यस्त छन् त्यतीकै उनको राजनीतिक यात्रालाई लिएर नेपालगन्जमा चर्चा चुलिदै आएकोछ ।
नेपालगन्जको मेयरको टिकट नपाएको भन्दै नन्दलालले निर्वाचनको मुखमा नेकपा माओबादी केन्द्र त्यागेर राप्रपामा प्रवेश गरे । पदकै लागि नन्दलालले पटक–पटक दल बदल्ने गरेकाछन् । यो वैश्यका लागि नयाँ र नौलो विषय होइन् ।
राप्रपाबाट मेयरमा उठेका बैश्य चुनाव हारेपछि राप्रपामा टिक्न मुस्किल रहने नेपालगन्जका राजनीतिक विश्लेषकहरु बताउँछन् ।
पदकै लागि कहिले काँग्रेस, कहिले एमाले र कहिले माओबादी बनेका नन्दलाल अहिले राप्रपा प्रवेश गरेर चुनावी मैदानमा छन् । नेपालगन्जका उद्योगी एवं नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालि नगर कमिटीका सहसचिव समेत रहेका वैश्य मेयरको टिकटकै लागि राप्रपा प्रवेश गरे ।
सत्तारुढ गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकाको मेयर काँग्रेस र उपमेयर जसपालाई दिने गरी सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले आफूलाई मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा थिए । तर, मेयरका आकांक्षि वैश्यले टिकट नपाउने भएपछि उनी चुनावको मुखमा माओबादी त्यागे ।
वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उद्योग व्यापार संघको अध्यक्ष र महासंघका केन्द्रिय सदस्यसमेत भइसकेका नेपालगन्जका ब्यापारि हुन् । वैश्य समुदायमा उनको राम्रो पकड भएपनि ‘दलबदलु’कोे उपमाबाट परिचित वैश्यको ओझ खस्किदै गएको छ ।
मतदाता भेटघाटमा ब्यस्त रहेका वैश्यलाई पद र अवसर खोज्दै ‘दलबदलु’को संज्ञाले नेपालगन्जबासीले चिन्न थालिएका छन् । त्यसो त वैश्यको कुनै ‘राजनीतिक जात’ छैन । अवसर र पदका लागि उनी कुन बेला कतातिर मोडिन्छन् स्वयम वैश्यलाई समेत थाहा छैन । यतिमात्र होइन आफू प्रवेश गरेको दलमा समेत उनी कटिबद्ध हुदैनन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनअघि उनी काँग्रेस थिए । संघको नेतृत्व गर्न पाउने आफू अनुकुुल वातावरणमा रहेका वैश्यले माओबादी नेता स्वर्गीय दामोदर आचार्यको छत्रछाँयामा बसी उद्योग वाणिज्यको साझा प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएर जिते । तर, त्यो बेलासमेत वैश्य पार्टीको शुभचिन्तक मात्र रहेको माओबादी केन्द्रका सिनियर नेता बताउँछन् ।
सेतोखरीलाई प्राप्त स्रोतको सूचना अनुसार वैश्यले नेकपा एमालेको सदस्यता २०७४/७/१४ गते लिएका थिए । नेपालगन्जको सिटी प्यालेसको होटलमाथि एमाले नेता शंकर पोखरेलबाट देवराजभारको उपस्थितीमा वैश्यले एमालेका सदस्यता लिएका हुन् । कम्युनिष्ट पार्टी एकीकृत भएका बेला माओबादीतर्फ झुकाव राखेका वैश्य ९ महिना अघि मात्र औपाचरिक रुपमा कम्युनिष्ट फुटेपछि माओबादी केन्द्रमा फर्किए ।
यो अवधिसम्म वैश्यले माओबादीको सदस्यता लिएका थिएनन् । करिब ४ महिना अघिमात्र माओबादी केन्द्रको सदस्यता लिएका वैश्य माओबादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाको नगर कमिटि सहसचिव थिए ।’ माओबादी केन्द्र बाँकेका एक नेताले भने–‘यो बेलासम्म पनि उनी विचारगत माओबादीप्रति कटिबद्ध थिएनन् । उनको चरित्र ढुलमुले थियो । अन्ततः पदकै लागि माओबादी केन्द्र त्यागे ।’
वैश्यले माओबादी केन्द्र किन त्यागे भनेर सेतोखरीले सोधेको जिज्ञासामा माओबादीबाट नेपालगन्जको मेयरको दावि गरेका ती जिल्ला नेताले भने–‘अरु केही होइन । अवसरबादी वैश्य पदका लागि जे पनि गर्ने ब्यक्ति हुन् । उनको राजनीतिक चरित्र नै छैन । नेपालगन्ज उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि पदकै लोभमा माओबादी त्यागे ।’
माओबादी केन्द्रका ती नेताका अनुसार वैश्यको यही चरित्रका कारण यतिबेला उनको राम्रो पकड भएको भनिएको वैश्य समाजमा ढुलमुले र अवसरबादी नेताको संज्ञा दिइएकोछ ।
‘पद मात्र ठूलो कुरा होइन, राजनीतिप्रतिको निष्ठा पनि आवश्यकछ । कटिबद्ध हुनु पनी महत्वपूर्ण पक्ष हो ।’ सेतोखरीसंग कुरा गर्दै ती नेताले भने–‘नन्दलाल वैश्य विचारहिन, गैरजिम्मेवार, ढुलमुले र अवसरबादी ब्यक्तिको रुपमा हामी र हाम्रो पार्टीले मूल्यांकन गरेकोछ । उनी जहाँ जान्छन् त्यहाँ राजनीतिक तिक्तता ल्याउँछन् । अब राप्रपाको पालो हो संकेत देखिसकेकोछ ।’
उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी नेतृ रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरिन् । वैश्य समाजभित्र अगुवाका रुपमा परिचित नन्दलाल र रमारानीको ‘दलबदलु’ पद र अवसरकै लागि भएको पनि पुष्टि भएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगन्जको मयेरका आकांक्षी रहेका नन्दलाल टिकट नपाउने पक्का भएपछि राप्रपा प्रवेश गरे । उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै नेपालगन्जको मेयरको टिकट पनि पाए । यसले राप्रपामा लामो समयदेखि त्याग गरेका नेताहरुलाई उपेक्षा गर्दै मेयरको टिकट दिएको भनि राप्रपाभित्र चुलिएको आन्तरिक द्वन्द्व अझैं मथ्थर भएको छैन ।
पार्टीभित्र मेहनत गरेकालाई पन्छाएर मेयरकै लागि उम्मेदवार आयात गरेको भन्दै राप्रपाका नेता कार्यकताहरु निर्वाचनको मुखमै आक्रोसित छन् ।
राप्रपाका नेताहरुले मेयरको टिकट खरीद बिक्री भएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा मात्रै नभएर प्रदेश तथा संघको निर्वाचनमा नेतृत्वलाई ‘देखाइदिने’ चेतावनीसमेत दिएका छन् । मेयरको टिकटका लागि चुनाव लड्नकै लागि टेण्डर आह्वान सफल भएको भन्दै २५ लाखको बजारमा चर्चा रहेको राप्रपाका नेताहरु बताउँछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’