बाँके (खजुरा) २१ बैशाख : बाँकेको खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार प्रसार तिव्र पारिएको छ । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुराका विभिन्न वडामा प्रचार प्रसारलाई तिब्रता दिएका हुन् ।
उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उम्मेदवार रहेकाछन् । निर्वाचन मिति नजिकिएसँगै गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार सशक्त रुपले अगाडी बढेको हो ।
घरदैलो अभियानमा नेपाली काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सर्बसाधारण लगायतको उत्साहजनक सहभागिता हुने गरेको छ । घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै निर्वाचित भएपछि पुरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।
खजुरा गाउँपालिकामा काँग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । खजुरा गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेका छन् । वडा नम्बर १ र ३ मा काँग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार भागबण्डा गरेका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।
गठबन्धनकातर्फबाट संयुक्त निर्वाचन परिचालन कमिटी समेत गठन गरेर चुनावी गतिविधी अगाडी बढाइएको छ । जसको संयोजकमा राजकुमार बिक र सहसंयोजकमा रामजी शर्मा रहेकाछन् ।
यस्तै सदस्यमा काँग्रेस र माओबादी केन्द्रका खजुरा गाउँ कमिटि, वडा कमिटि एव भातृ संगठन र शुभेच्छुक संघका सम्पूर्ण पदाधिकारीलाई सदस्यमा राखिएको छ । यसैगरी सचिवालय संयोजकमा दीपबहादुर थापा र सह–संयोजकमा शरद पोखरेल रहेकाछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’