डुडुवाका घरघरमा नरेन्द्र, मतादता उत्साहित


डुडुवाका घरघरमा नरेन्द्र, मतादता उत्साहित

नेपालगन्ज २१ वैशाख : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी मतदाताको घरदैलोमा ब्यस्तछन् । बुधबार विहानैदेखि मतादताको घरघर पुगेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्रको उपस्थितीले मतदाता उत्साहित बनेकाछन् ।

नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोसहितका उम्मेदवारले घरदैलोलाई तिव्रता दिएका हुन् । अध्यक्ष नरेन्द्र र उपाध्यक्ष साहिदा निर्वतमा गाउँपालिकाका प्रमुख र उपप्रमुख समेत हुन् ।

संघीयतापछिको पहिलो निर्वाचन पश्चात निर्वाचित भएर गाउँपालिकाको जिम्मेवारी सम्हालेका उम्मेदवारद्वय नरेन्द्र र शाहिदाले जनताका केही अधुरा काम पुरा गर्न बाँकी रहेको र डुडुवाबासीले समेत जनमत दिएका कारण पुनः दोहिरन लागेका हुन् ।

चुनावी अभियानलाई तिव्रता दिएका काँग्रेस उम्मेदवारहरुले डुडुवाका विभिन्न वडा, बस्ती, टोल र गाउँमा पुगिरहेकाछन् । मतदातालाई भेट्न घरघर पुगेका गाउँपालिका अध्यक्ष नरेन्द्र र शाहिदाको उपस्थितीमा उत्साहित र खुशी हुँदै जित सुनिश्चित भएको प्रतिक्रिया समेत दिएको बताइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन लक्षित घरदैलो अभियान अन्र्तगत बुधबार दिउँसो सम्म अध्यक्ष पदका उम्मेदवार नरेन्द्र र उपाध्यक्ष पदका उम्मेदवार शाहिदाले डुडुवा गाउँपालिका वडा नम्बर–४ मा घरदैलो गरे ।

आफ्नो पाँच वर्षीय कार्यकालमा पूरा हुन नसकेका प्रतिबद्धताहरुलाई पूर्णता दिन यो पटक आफुहरु दोहोरिन चाहेको भन्दै मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न उनी आग्रह समेत गरिरहेकाछन् । साथै मतदाताको घरभेटमा ब्यस्त उनीहरुले मतदाताबाट आएका सुझाव, गुनासालाई टिपोट गरि यथोसक्दो सम्बोधन गर्ने बाचा समेत गरिरहेकाछन् ।