कोहलपुर २१ वैशाख : बाँकेको कोहलपुर नगरपालिका पश्चिम तराइको उदाउँदो सहर हो । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारकारुपमा रहेको कोहलपुर नगरपालिकाको उपप्रमुखमा कस्ले बाजी मार्ला ? सबैलाई चासो छ ।
अघिल्लो निर्वाचनमा उपप्रमुखमा काँग्रेसका तर्फबाट सञ्जुकुमारी थारु विजयी भइन । थारुको विरासत जोगाउन युवा नेतृ संगीता सुवेदीलाई काँग्रेसले उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।
व्यापारिक पृष्ठभूमिबाट सामाजिक क्षेत्र हुँदै सुवेदी राजनीतिमा प्रवेश गरेकी हुन् । १४ औं महाधिवेशनबाट सुवेदी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सम्भावना देख्ने युवाहरुका लागि प्रेरणाको स्रोत बनिन् । छोटो समयमा सुवेदीले आफुलाई राजनीतिमा अब्बल बनाइ सकेकीछन् । त्यसैले त पार्टीले पनि आशा र भरोसाको केन्द्रकारुपमा स्थापित सुवेदीलाई पश्चिम तराइको उदाउँदो सहर कोहलपुरको उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।
कोहलपुर नगरपालिका–११ की ३८ वर्षीया सुवेदीले प्रविणता प्रमाणपत्र तह अध्ययन गरेकीछन् । २०४१ सालमा कास्कीमा जन्मिएपनि सुवेदीको कर्मथलो भने बाँके बन्यो । ग्रीनपिस मावि कोहलपुरबाट माध्यामिक तह उत्तीर्ण गरेपछि उनले प्रविणता प्रमाणपत्र तह भने बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरबाट गरिन ।
कोहलपुर उद्योग बाणिज्य संघको बाणिज्य तर्फको उपाध्यक्ष समेत रहनुभएकी सुवेदीले यसअघि जेसीसको अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्वतीको अध्यक्ष, लोक तथा दोहोरी प्रतिष्ठानको सल्लाहाकारजस्ता संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकीछन् ।
युवापुस्ताका लोकप्रिय, सहयोगी, मिलनसार स्वभावका कारण कोहलपुर नगरपालिकाको उपप्रमुखमा सुवेदी अन्य उम्मेदवार भन्दा बलियो आँकलन गरिएकोछ । विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक नेतृत्व प्रदान गरिसकेकाले कोहलपुरबासीले सुवेदीलाई आशा, भरोसा र सम्भावना भएको महिला नेतृकोरुपमा चिन्ने गरेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’