कोहलपुर २१ वैशाख : बाँकेको कोहलपुर नगरपालिका पश्चिम तराइको उदाउँदो सहर हो । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारकारुपमा रहेको कोहलपुर नगरपालिकाको उपप्रमुखमा कस्ले बाजी मार्ला ? सबैलाई चासो छ ।
अघिल्लो निर्वाचनमा उपप्रमुखमा काँग्रेसका तर्फबाट सञ्जुकुमारी थारु विजयी भइन । थारुको विरासत जोगाउन युवा नेतृ संगीता सुवेदीलाई काँग्रेसले उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।
व्यापारिक पृष्ठभूमिबाट सामाजिक क्षेत्र हुँदै सुवेदी राजनीतिमा प्रवेश गरेकी हुन् । १४ औं महाधिवेशनबाट सुवेदी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सम्भावना देख्ने युवाहरुका लागि प्रेरणाको स्रोत बनिन् । छोटो समयमा सुवेदीले आफुलाई राजनीतिमा अब्बल बनाइ सकेकीछन् । त्यसैले त पार्टीले पनि आशा र भरोसाको केन्द्रकारुपमा स्थापित सुवेदीलाई पश्चिम तराइको उदाउँदो सहर कोहलपुरको उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।
कोहलपुर नगरपालिका–११ की ३८ वर्षीया सुवेदीले प्रविणता प्रमाणपत्र तह अध्ययन गरेकीछन् । २०४१ सालमा कास्कीमा जन्मिएपनि सुवेदीको कर्मथलो भने बाँके बन्यो । ग्रीनपिस मावि कोहलपुरबाट माध्यामिक तह उत्तीर्ण गरेपछि उनले प्रविणता प्रमाणपत्र तह भने बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरबाट गरिन ।
कोहलपुर उद्योग बाणिज्य संघको बाणिज्य तर्फको उपाध्यक्ष समेत रहनुभएकी सुवेदीले यसअघि जेसीसको अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्वतीको अध्यक्ष, लोक तथा दोहोरी प्रतिष्ठानको सल्लाहाकारजस्ता संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकीछन् ।
युवापुस्ताका लोकप्रिय, सहयोगी, मिलनसार स्वभावका कारण कोहलपुर नगरपालिकाको उपप्रमुखमा सुवेदी अन्य उम्मेदवार भन्दा बलियो आँकलन गरिएकोछ । विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक नेतृत्व प्रदान गरिसकेकाले कोहलपुरबासीले सुवेदीलाई आशा, भरोसा र सम्भावना भएको महिला नेतृकोरुपमा चिन्ने गरेका छन् ।