हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल


हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल

राप्तीसोनारी(बाँके) २१ वैशाख : नेपाली काँग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर पौडेलले घरदैलोका क्रममा गाउँपालिकाबासीले देखाएको माया, सद्भाव र विश्वास देखेर आफूहरुले चुनाव जितिसकेको बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा आज आयोजित बृहत् कोणसभालाई सम्बोधन गर्दै पौडेलले भने, “१४ गतेदेखि हामी निरन्तर घरदैलोमा छौं, यहाँका स्थानीयहरुले हामी पुग्दा जुन माया, स्नेह, सद्भाव र विश्वास देखाउनुभएको छ, त्यो हेर्दा हामीले चुनाव जितिसकेका छौं, हामीले अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडा जित्छौं ।“ पौडेलले आफूहरुप्रतिको अगाढ विश्वास अब मतपत्रमा बदलिन मात्र बाँकी रहेको बताए । उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारुले गाउँपालिकाबासीले काँग्रेसलाई ठूलो भरोसा गरिरहेकाले राप्तीसोनारीमा फेरि पनि कांग्रेसले जित्ने उद्घोष गरे ।

Kanti Aarogya Hospital Nepalgunj

पालिका सभापति भिम बहादुर राना क्षेत्रीले राप्तीसोनारीबासीले यसअघि काँग्रेसलाई जिताएर सेवा गर्ने मौका दिएको र त्यो मौकालाई काँग्रेसले राम्रोसँग निभाएको भन्दै अपूरा कामहरु पूरा गर्न फेरि काँग्रेसलाई नै जिताउने मुडमा रहेको बताए । कोणसभालाई वडा नम्बर २ का वडा अध्यक्ष पदका उम्मेदवार तुलाराम खत्रीले पनि सम्बोधन गर्दै वडाबासीको हितका खातिर आफू प्रतिबद्ध भएर लाग्ने बताए ।