जानकी (बाँके) २१ वैशाख : स्थानीय निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहँदा जानकी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मतदाता भेटघाटलाई तीब्रता दिएका छन् ।
निर्वाचनको प्रचारप्रसारका क्रममा जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ, उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतका उम्मेदवारले आज दिनभर पालिकाको वडा नम्बर १ का जनतासँग भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा उम्मेदवारहरुले जानकीको समग्र विकासका लागि नेपाली काँग्रेसलाई जिताउन जानकीवासीलाई अनुरोध गरेका छन् । वडा नम्बर १ मा रहेका प्रत्येक घर–घरमा पुगेका उमेदवारलाई जानकीवासीले जितको शुभकामना दिँदै आशिर्वाद समेत दिएका छन् । भेटघाटका क्रममा उम्मेदवारहरुले रुखमा भोट हालेर यो पटक बहुमतले काँग्रेसलाई जिताउने आग्रह गरेका छन् ।
जानकीको वडा नम्बर १ भारतीय सीमासँग जोडिएको ठाउँ हो । जहाँ विकासको गति अझै पनि न्यून देखिन्छ । यहाँका गाउँहरुमा स्तरीय सडक निर्माण गर्न अति आवश्यक रहेको अध्यक्ष पदका उम्मेदवार खाँले बताए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी