(खजुरा) बाँके २१ वैशाख : खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँंग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् ।
आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनका समर्थकको ठूलो भिड नै देखिएको छ । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्ल वडा नम्बर २ मा पुग्दा वडाका करिब ५ सय जनताले साथ दिएका छन् । तुफान र मल्लले स्थानीयलाई सम्बोधन गर्दै खजुराको बृहत्तर हितका लागि गठबन्धनलाई जिताउन आग्रह गरे ।
त्यस्तै वडा नम्बर १ मा पनि स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । वडा नम्बर १ नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लको वडा हो । मल्लले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत जित्नुभएको थियो । तर, यो वडाका स्थानीयले पनि गठबन्धनलाई जिताउन आफूहरु लागिपर्ने बताएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’