नरैनापुर(बाँके) २१ वैशाख : नेपाली काँग्रेसका तर्फबाट नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले नरैनापुरका जनताले विगत पाँच बर्षमा विकास, समृद्धि र सुशासनको अनुभूति गर्न नपाएको भन्दै यसपटक काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । वडा नम्बर ६ जमुनीमा आज घरदैलो गर्दै मौर्यले विगतको निर्वाचनमा गरेको भूल नदोहो¥याउन मतदातासमक्ष आग्रह गरेका हुन् ।
“२०७४ मा पनि काँग्रेसलाई नै जिताएको भए नरैनापुर धेरै अगाडि गइसक्ने थियो, तपाईंहरुले उपयुक्त मान्छे छान्न नसक्दा हामी अझ पछाडि छौं, नरैनापुरलाई मनदेखि नै माया गर्ने हामी तपाईंहरुको घरदैलोमा भोट माग्न फेरि आएका छौं, यसपटक हामीलाई तपाईंहरुको साथ चाहिन्छ,“ मौर्यले मतदातालाई आग्रह गर्दै भने ।
जबाफमा मतदाताहरुले यसपटक आफूहरुको रोजाईमा कांग्रेस नै रहेको प्रतिक्रिया दिएका छन् । घरदैलोमा उपाध्यक्षकी उम्मेदवार अतिकुन निशा खाँ, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार प्रेमचन्द्र मौर्य लगायत नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’