डुडुवामा फेरि काँग्रेसकै खाँचो छः स्थानीय


डुडुवामा फेरि काँग्रेसकै खाँचो छः स्थानीय

(डुडुवा) बाँके २१ वैशाख : नेपाली काँग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन संघारमै आएपछि उम्मेदवारहरुको दौडधुप बढेको हो । अध्यक्षका उम्मेदवार नरेन्द्र कुमार चौधरी र उपाध्यक्षकी उम्मेदवार साहिदा बानोसहित वडाका उम्मेदवारहरुले मतदातालाई भेटिरहेकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैक्रममा आज वडा नम्बर ३ मा घरदैलो चलिरहेको छ । वडा नम्बर ३ को बनकट्टीबाट सुरु भएको घरदैलो बनकट्टा, लोतपूर्वा, राजारामपूर्वा, रमपुर्वा, कटहियामा जारी रहेको छ । २०७४ सालमा पनि डुडुडाको अध्यक्षमा चौधरी र बानो नै निर्वाचित भएका थिए । राम्रो काम गरेर जनताको मत जितेका चौधरी र बानो फेरि दोहोरिने अवस्था रहेको डुडुवाबासीहरु बताउँछन् ।

“अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष, सदस्यहरु दिनरात जनताको सेवामा खटिनुभयो, उहाँहरुले गर्नुभएको कामबाट हामी प्रभावित छौं, डुडुवामा अझै पाँच वर्ष उहाँहरुको खाँचो देखिएको छ,“ स्थानीयले भने । चौधरी र बानोसँगै वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार छोटेलाल कुर्मी लगायत सदस्यका उम्मेदवारहरु पनि घरदैलोमा संगसंगै छन् ।