(डुडुवा) बाँके २१ वैशाख : नेपाली काँग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन संघारमै आएपछि उम्मेदवारहरुको दौडधुप बढेको हो । अध्यक्षका उम्मेदवार नरेन्द्र कुमार चौधरी र उपाध्यक्षकी उम्मेदवार साहिदा बानोसहित वडाका उम्मेदवारहरुले मतदातालाई भेटिरहेकी छन् ।
यसैक्रममा आज वडा नम्बर ३ मा घरदैलो चलिरहेको छ । वडा नम्बर ३ को बनकट्टीबाट सुरु भएको घरदैलो बनकट्टा, लोतपूर्वा, राजारामपूर्वा, रमपुर्वा, कटहियामा जारी रहेको छ । २०७४ सालमा पनि डुडुडाको अध्यक्षमा चौधरी र बानो नै निर्वाचित भएका थिए । राम्रो काम गरेर जनताको मत जितेका चौधरी र बानो फेरि दोहोरिने अवस्था रहेको डुडुवाबासीहरु बताउँछन् ।
“अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष, सदस्यहरु दिनरात जनताको सेवामा खटिनुभयो, उहाँहरुले गर्नुभएको कामबाट हामी प्रभावित छौं, डुडुवामा अझै पाँच वर्ष उहाँहरुको खाँचो देखिएको छ,“ स्थानीयले भने । चौधरी र बानोसँगै वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार छोटेलाल कुर्मी लगायत सदस्यका उम्मेदवारहरु पनि घरदैलोमा संगसंगै छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’