नेपालगन्ज २१ वैशाखः नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टको जित सुुनिश्चित भइसकेको प्रतिक्रिया मतदाताहरुले दिइरहेका छन् । मतदाताहरुसंगको भेटघाटका क्रममा विष्टले यस्तो प्रतिक्रिया पाइरहेका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निजिकिँदा विष्टले भेटघाटलाई तीब्रता दिइरहेका छन् । विष्टले आज पनि नेपालगन्जमा राम्रो मत होल्ड गरेको दर्शन सेवा समाज र बाल्मिकी युवा समूहसंग भेटघाट गरे ।
दुबै समूहसंगको भेटमा नगर प्रमुखका उम्मेदवार विष्टले आफूलाई मत दिएर विजयी बनाए नेपालगन्जलाई सुन्दर, व्यवस्थित र समृद्ध सहरका रुपमा विकास गर्ने योजना सुनाएका थिए । त्यसक्रममा दर्शन सेवा समाज र बाल्मिकी युवा समूहले विष्टलाई जित सुनिश्चित भइसकेकाले अब नेपालगन्ज बनाउने अठोटका साथ अघि बढ्न सुझाब दिएका थिए ।
नगर प्रमुखका उम्मेदवार विष्टले आफूलाई साथ दिएर नेपालगन्ज बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’