नेपालगन्ज २१ वैशाखः नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टको जित सुुनिश्चित भइसकेको प्रतिक्रिया मतदाताहरुले दिइरहेका छन् । मतदाताहरुसंगको भेटघाटका क्रममा विष्टले यस्तो प्रतिक्रिया पाइरहेका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निजिकिँदा विष्टले भेटघाटलाई तीब्रता दिइरहेका छन् । विष्टले आज पनि नेपालगन्जमा राम्रो मत होल्ड गरेको दर्शन सेवा समाज र बाल्मिकी युवा समूहसंग भेटघाट गरे ।
दुबै समूहसंगको भेटमा नगर प्रमुखका उम्मेदवार विष्टले आफूलाई मत दिएर विजयी बनाए नेपालगन्जलाई सुन्दर, व्यवस्थित र समृद्ध सहरका रुपमा विकास गर्ने योजना सुनाएका थिए । त्यसक्रममा दर्शन सेवा समाज र बाल्मिकी युवा समूहले विष्टलाई जित सुनिश्चित भइसकेकाले अब नेपालगन्ज बनाउने अठोटका साथ अघि बढ्न सुझाब दिएका थिए ।
नगर प्रमुखका उम्मेदवार विष्टले आफूलाई साथ दिएर नेपालगन्ज बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरे ।