नेपालगन्ज २१ वैशाखः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ मा विभिन्न पार्टी परित्याग गरेर ८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार भएको कार्यक्रममा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरु काँग्रेसमा प्रवेश गरे । हिरमिनियाका विभिन्न पार्टीमा रहेका गौरी तमोली, रिसा तमोली, ओमप्रकाश चौरसिया, कञ्चन तमोली, शान्ति तमोली, मुस्तफा शेष अन्सारी र मञ्जु चौरसिया काँग्रेसमा प्रवेश गरेका हुन् ।
प्रमुख अतिथि हमालले उनीहरुलाई अविर लगाई खादा ओढाएर काँग्रेसमा प्रवेश गराएका थिए । सो क्रममा काँग्रेस नेतृ उमा थापामगर, सुनिलसिंह हमाल, नेपाली काँग्रेस वडा नम्बर–२ का सभापति एवम् वडाअध्यक्षका उम्मेदवार प्रदीप श्रेष्ठ, नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष नरेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।
काँगे्रस वडा नम्बर–२ का सचिवालय संयोजक हिमनाथ पौडेलको सभापतित्वमा पार्टी प्रवेश कार्यक्रम गरिएको थियो ।