राप्तीसोनारीमा काँग्रेसप्रति बढ्दै जनलहर, पाँच दर्जनबढी काँग्रेसमा प्रवेश


राप्तीसोनारीमा काँग्रेसप्रति बढ्दै जनलहर, पाँच दर्जनबढी काँग्रेसमा प्रवेश

बाँके(राप्तीसोनारी) २२ वैशाख: स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्तीसोनारीमा नेपाली काँग्रेसप्रति जनलहर दिनहुँ बढ्दै गएको छ ।

निर्वाचनको पुर्वसन्ध्यामा विभिन्न पार्टी परित्याग गरेर बिहीबार (आज) ठुलो संख्यामा काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत पार्टी परित्याग गरेर उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ८ मा आयोजित कोण सभामा करिव पाँच दर्जन ब्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरे । अन्य पार्टीले जनताको हितमा काम गर्न नसक्ने निस्कर्ष सहित काँग्रेसलाई रोजेको उनीहरुको प्रतिक्रिया छ ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, काँग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारु, क्षेत्र नम्बर– १ का सभापति पोषणराज केसी, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, काँग्रेस बाँकेका पुर्वजिल्ला सदस्य पवनकुमार शाह, नेपाली काँग्रेस राप्तीसोनारी सचिव सुरेश डाँगी लगायतले टिका र खादा ओढाएर स्वागत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार पौडेलले अब चुनाव आउन धेरै समय नरहेको र मतदाताले आफ्नो सही विवेक प्रयोग गर्ने बेला आएको बताए । ‘हामीले दिन र रातलाई एक बनाई बैशाख ३० गतेका दिन मतदातालाई मतदानमा परिणत गराउनुपर्नेछ,’ उनले भने ‘नेपाली काँग्रेसले चुनाव जितिसकेको छ, राप्ती सोनारी गाउँपालिकामा नेपाली काँग्रेसलाई कसैले हल्लाउन सक्दैन, नेपाली काँग्रेसले सबै घेरालाई तोडेर अगाडी बढिसकेको छ ।’

यस्तै गाउँपालिका उपाध्यक्षका उम्मेदवार थारुले आफु जनताको सेवा गर्नका लागि राजनीतिमा आएको र सबैको साथ पाएपछि काम गर्न सक्ने बताए ।

सो क्रममा राप्तीसोनारी– ८ का वडाअध्यक्षका उम्मेदवार नरेन्द्र ओली, वडा सदस्यका उम्मेदवार, काँग्रेसका नेता, कार्यकर्ता लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।