नेपालगन्वज २२ वैशाख : नेपाली काँग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसहित वडाका उम्मेदवार, नेता तथा कार्यकर्ता घरदैलो गर्दै वडा नम्वर ५ मा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा विकास निर्माणका कामहरु गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक युवा र सक्षम नेतृत्वलाई मत दिने भन्दै विजयीको शुभकामना दिएका छन् ।
‘अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कामै गरेनन् स्थानीय मतदाता जलालु हलवाईले भने–‘यो पटक काम गर्ने र युवालाई भोट हाल्ने हो ।’ अर्का मतदाता राकेश तमौलीले मुखै खालेर यो पटक नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भोट हाल्ने बताए ।
‘विष्ट र राई सम्भावना बोकेका र योजना भएका उम्मेदवार हुन् तमौलीले भने–‘नगरको विकास गर्न योजना बोकेकै नेतालाई जिताउनु पर्छ ।’
घरदैलोमा वडा नम्वर ५ का वडाअध्यक्ष पदका उम्मेदवार, सदस्य पदका उम्मेदवारहरु, प्रदेशसभा सदस्य याकुव अन्सारी, महिला नेतृ माया पुन, निरञ्जनसिंह सिजापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतका ठूलो संख्यामा काँग्रेसका कार्यकर्ता सहभागी भएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’