जहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत


जहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत

नेपालगन्ज २२ वैशाख: नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल जहाँ जुन वडामा पुग्छन्, यहाँका मतदाताले हर्षोल्लासका साथ नाँचगान सहित स्वागत गर्ने गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बिहीबार बिहान मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार ढकाल नेपालगन्ज उपमहानगरको वडा नम्बर २२ पुगे । त्यहाँ मतदाताले मेयर र उपमेयरका उम्मेदवारलाई भब्य स्वागत गरे । नेपालगन्जको विकासका लागि मेयर र उपमेयर पदका योग्य प्रत्यासी भन्दै स्थानीयले जीतको शुभकामना दिएका थिए ।

वडा नम्बर–२२ मा मात्रै होइन मिश्र जहाँ जुन वडामा पुगेका छन् त्यहाँ पनि भब्य स्वागत हुने गरेको छ । जनताको भब्य स्वागत देखेर मिश्र उत्साहित छन् । उनी भन्छन्–‘अहिलेसम्म जहाँ पुगेको छु, स्थानीयको न्यानो माया पाएको छु । यसले मलाई उत्साहित बनाएको छ ।’