नेपालगन्ज २२ वैशाख: नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल जहाँ जुन वडामा पुग्छन्, यहाँका मतदाताले हर्षोल्लासका साथ नाँचगान सहित स्वागत गर्ने गरेका छन् ।
बिहीबार बिहान मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार ढकाल नेपालगन्ज उपमहानगरको वडा नम्बर २२ पुगे । त्यहाँ मतदाताले मेयर र उपमेयरका उम्मेदवारलाई भब्य स्वागत गरे । नेपालगन्जको विकासका लागि मेयर र उपमेयर पदका योग्य प्रत्यासी भन्दै स्थानीयले जीतको शुभकामना दिएका थिए ।
वडा नम्बर–२२ मा मात्रै होइन मिश्र जहाँ जुन वडामा पुगेका छन् त्यहाँ पनि भब्य स्वागत हुने गरेको छ । जनताको भब्य स्वागत देखेर मिश्र उत्साहित छन् । उनी भन्छन्–‘अहिलेसम्म जहाँ पुगेको छु, स्थानीयको न्यानो माया पाएको छु । यसले मलाई उत्साहित बनाएको छ ।’
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’