नेपालगन्ज २२ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्दिन राईलाई मतदान गर्ने साहु समाज बाँकेले प्रतिवद्धता जनाएको छ ।
नेपालगन्जमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै साहु समाज बाँकेका अध्यक्ष हंसराम साहुले उम्मेदवार विष्ट र राईलाई मतदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष साहुले भने, ‘नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईलाई हामी मतदान गरेर जिताउँछौं ।’
ठूलो संख्यामा उपस्थित भएका साहु समुदायका प्रतिनिधीका बीच उहाँले भन्नुभयो, ‘प्रमुख र उपप्रमुखमा साहु समाजले विष्ट र राईलाई मतदान गछौं, साहु समुदायका सबैलाई म आग्रह गर्छु, आफ्नो मत यी बाहेक कसैलाई नदिनु होला ।’
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले निर्वाचित भएपछि साहु समाजको उत्थानमा काम गर्ने बताउनु भयो । गठबन्धनका उम्मेदवारलाई मतदान गरेर आफ्नो मतको सदुपयोग गर्न समेत उनले आग्रह गरे ।
यस्तै उपप्रमुख पदका उम्मेदवा राईले देशकै नमुना सहरका रुपमा निर्माण गर्न साहु समाजलाई समेत साथमा लिएर अघि बढ्ने बताए ।
राईले आफ्नो मतखेर नहुनेगरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सो क्रममा उनीहरुले उम्मेदवार विष्ट र राईलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।