खजुरा २२ वैशाख : एमाले बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा एमालेका जनप्रतिनिधिलाई जनताले बहुमत सहित जिताउने बताएका छन् ।
पालिकामा एमालेका जनप्रतिनिधिहरुलाई बहुमतले जित्ने उद्घोष गरेका छन् । खजुराको ४ वटामा गठबन्धन भएको र ४ मा गठबन्धन नभएर अलग अलग चुनावी मैदानमा रहेकाले यसमा एमालेको जित सुनिश्चत रहेको कक्षपतिले बताए ।
खजुरामा एमालेको संगठन अन्य दल भन्दा बलियो छ । अन्य दल अझैपनि धुलमिलमा छन् । हामि एक ढिक्का रहेर असन्तुष्टहरुलाई पनि मिलाएर लगेका छौं । खजुरामा एमालेका तर्फबाट अध्यक्ष पदका सुमन मल्ल विकास गर्ने युवा उम्मेदवार भएकाले पनि उनको नेतृत्वमा खजुरामा एमालेका उम्मेदवारहरुले बहुमतका साथ निर्वाचित हुनेमा विस्वस्थ रहेको बताए ।
‘हामिले सोझो पारामा चुनाव जित्दैछौ’– कक्षपति दावि गर्छन् । २०७४ सालमा एमाले बाट निर्वाचित भएका कक्षपतिले माओबादीका डम्बर विक ‘तुफान’नलाई भारी मतअन्तरले हराएका थिए । अहिले तिनै डम्बर विक गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
सुमन र डम्बरको प्रतिस्पर्धा रहेको देखिएपनि सुमनले ५ वर्ष भित्र वडामा गरेको उल्लेख्य विकासले गर्दा पनि मतदाताले विवेक प्रयोग गरेर जिताउनेमा ढुक्क रहेको उनले बताए ।
खजुरामा एमालेका उम्मेदवार बाहेकको विकल्प नरहेको कक्षपतिले उल्लेख गरे । खजुरा गाउँपालिकामा एमालेको सरकार रहदाँ देशमै उकृष्ट विकासका काम गरेको दावी गरेका छन । खजुरामा गौरवका आयोजना सञ्चालनमा रहेकाले पनि खजुरा अन्य पालिका भन्दा अघि रहेको कक्षपतिले दावी गरे ।
घरदैलो अभियानमा सक्रिय रुपमा एमालेका जनप्रतिनिधिहरुलाई जिताउन लागिपरेका कक्षपति जनताको अपेक्षा पुरा गर्ने पार्टि एमाले रहेको कुरा स्वयम जनताले बुझेको उल्लेख गरे । ‘खजुरामा गठबन्धनमा किचलो छ, हामीले एमालेमा रहेका साथिहरुलाई मिलाएर लगेका छौं । एमालेले चुनाव हर्षोल्लासमय रुपमा लिएको छ । हामिले उठाएका उम्मेदवारहरु पपुलर छन् । जनताले चिनेको जानेको र विकास गरेका उम्मेदवारहरु रहेकाले पनि एमालेले खजुरामा बहुमत ल्याउँछ’– कक्षपतिले भने ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’