मतदाता माझ कोहलपुरका नगर प्रमुख र उपप्रमुख उम्मेदवारको प्रतिवद्धता


मतदाता माझ कोहलपुरका नगर प्रमुख र उपप्रमुख उम्मेदवारको प्रतिवद्धता

कोहलपुर २३ वैशाख : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृती, भौतिक पुर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ मा बिहीबार आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले कोहलपुर १४ बसोबास गर्ने सबै जाति, धर्म, समुदायलाई समेट््ने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाए।

‘वडा नम्बर १४ मा ठुला उद्योग धन्दाहरु छन्, उद्योग कलकारखानामा मजदुरले मात्र अवसर पाएका छौं, यो वडामा स्नातक तह पढेका धेरै भाईबहिनी हुनुहुन्छ, आगामी दिनमा योग्यता र क्षमता अनुसार उद्योगभित्र प्रशासन शाखामा रोजगारी दिलाउन म समन्वयकारी भुमिका निभाउनेछु,’ उनले भने । स्थानीय श्रीराम माध्यामिक बिद्यालयमा प्राविधिक धारको शैक्षिक पाठ्यक्रम निर्माण गरी प्राविधिक विषयको पढाई सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

यस्तै वडामा थारु, मधेसी लगायत जात जातीको पनि बसोबास रहेको भन्दै सबै जातिको धर्म, सँस्कृतीको संरक्षणमा जोड दिने बताए । ‘गायत्री परिवार, जय गुरुदेव परिवार लगायतको धर्म र संँस्कृती संरक्षण गर्नमा सक्दो प्रयास गर्नेछौं,’ उनले भने । स्थानीय कृषि हाट बजारको स्तरोन्नती गराउन जोड दिने बताउँदै उनले कोहलपुर बजारका सबैलाई कृषि हाट बजारमा आउने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा नगर उपप्रमख पदका उम्मेदवार संगिता सुवेदीले हरेक हिसाबले पछाडी परेका महिला, थारु, मधेसी, मुस्लिम, दलित, सिमान्तकृत, अपांगता ब्यक्ति, जनजातीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने बताइन ।

आफुहरुले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृती, भौतिक पुर्वाधार विकासलाई जोड दिने बताए । सो क्रममा वडा नम्बर १४ का वडाअध्यक्षका उम्मेदवार नमबहादुर आले, वडा सदस्यका उम्मेदवार लगायत काँग्रेस नेता, कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।