समृद्ध नगर बनाउन युवासँग सहकार्य गर्छु : आचार्य


समृद्ध नगर बनाउन युवासँग सहकार्य गर्छु : आचार्य

कोहलपुर २३ वैशाख : नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले समृद्ध कोहलपुर नगर बनाउने अभिभाराका साथ आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।

जेसिसले बिहीबार कोहलपुरमा नगरपालिकाका प्रत्यासीसँग आयोजना गरेको ककस कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै आचार्यले समृद्ध कोहलपुर नगरपालिका बनाउने योजनामा समग्र युवाहरुसँगको सहकार्य र अग्रजहरुको साथ लिएर अघि बढ्ने उद्घोष गरे ।

‘कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारको रुपमा रहेको उदयीमान सहर हो उनले भने, ‘यो सहरलाई व्यवस्थित र विकसित शहरको रुपमा विकास गर्नु हाम्रो दायित्व हो ।’ उनले कोहलपुरको फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे ।

‘हाम्रो घोषणापत्रमा पनि कोहलपुर नगरको विकासको खाका उल्लेख गरेका छौं, उनले भने ‘निर्वाचित भएको एक सय दिन भित्र कोहलपुरको फोहोरको दीर्घकालिन व्यवस्थापन गरिने सुनिश्चिता व्यक्त गर्दछु ।’

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रर्वद्धन, युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको भन्दै उहाँले शैक्षिक बेरोजगारको समस्यालाई हल गर्ने गरी योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

‘कोहलपुरका थुप्रै युवाहरु बेराजगार हुनुहुन्छ, उहाँहरुलाई रोजगारीसँग जोड्न आवश्यक छ’ उनले भने, ‘त्यसका लागि स्थानीय वित्तिय संघसंस्थासँग सहकार्य गरेर उनीहरुलाई रोजगारी प्रदान गरिने छ ।’ आफु निर्वाचित भएको पाँच वर्षमा कोहलपुरका २५ हजार युवालाई रोजगारी प्रदान गर्ने आचार्यले घोषणा गरे ।

‘म जस्ता पढेलेखेका कैयौं तन्नेरीहरु विदेशी भूमिमा छन्, त्यहाँको सीपलाई स्वदेशी माटोमा उपयोग गरेर रोजगारी सिर्जना गर्ने योजना छ,’ उनले भने । विदेशबाट सिकेर आएको सीपलाई प्रोत्साहन गरिने बताए ।

कोहलपुर नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गरिने पनि उहाँको जोड छ । गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको भन्दै शैक्षिण गुणस्तरका लागि शिक्षलाई समेत दक्षता प्रदान गरिने उनको भनाइ छ ।