काँग्रेसको घरदैलो : कतै मतदाता भावुक, कतै उम्मेदवार भावुक


काँग्रेसको घरदैलो : कतै मतदाता भावुक, कतै उम्मेदवार भावुक

कोहलपुर(बाँके) २३ वैशाख : यतिबेला राजनीतिक दलका उमेदवारहरुले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले प्रचारप्रसारलाई व्यापकता दिएको छ ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र पारेको नेपाली काँग्रेसका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा फरक दृष्य देखिएको छ । नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, नगर उप–प्रमुख पदकी उम्मेदवार संगिता सुवेदीसहित वडाका उम्मेदवारलाई स्वागत गर्न मतदाताहरु नै तँछाडमछाड गरिरहेका छन् ।

कतिपय स्थानहरुमा उम्मेदवारहरुलाई आर्शिवाद दिने क्रममा मतदाताहरु भावुक बन्ने गरेका छन् । कोहलपुर नगर क्षेत्रका पुराना र अग्रज मतदाताहरुले युवा नेतृत्वले केही गर्छन् भन्ने आशा पलाएको भन्दै भावुक बन्ने गरेका छन् ।
अबको निर्वाचनमा नेपाली काँग्रेसका युवा उमेदवाहरुलाई सहयोग गर्ने प्रतिबद्वता समेत उनीहरुले व्यक्त गरेका छन् । मतदाताको सद्भाव र विश्वास देखेपछि उम्मेदवारहरु स्वयं भावुक बन्दै नगरवासीले गरेको विश्वासलाई कहिल्यै पनि कुठाराघात नगर्ने प्रण गरेका छन् ।

नेपाली काँग्रेस कोहलपुरका अगुवा तथा प्रभावशाली नेताहरु भानुभक्त भट्टराई, बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ, सञ्जु कुमारी चौधरी, फुलाराम थारु लगायतका नेताहरु स्वयं उम्मेदवारहरुसहित घरदैलो तथा मतदाता भेटघाटमा सक्रियरुपमा लागेपछि नगरमा नेपाली काँग्रेसको पक्षमा ह्वात्तै जनलहर बढिरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगर क्षेत्रभित्र थारु संग्रालय निर्माणको एजेण्डा असफल बनाउन नेकपा एमाले नै लागिपरेका कारण थारु समुदायको कला, संस्कृति संरक्षणमा समस्या बढ्दै गइरहेको नेपाली काँग्रेसका उम्मेदवारहरुले बताउँदै आइरहेका छन् । थारु बाहुल्यता भएको कोहलपुर नगरपालिकामा थारुहरुको पहिचानलाई बचाउनका लागि र थारु सामुदायको संस्कृतिको संरक्षणका लागि थारु संग्रालय निर्माण गर्ने प्रतिवद्धता उम्मेदवारहरुले जनाएका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख एवम् काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी चौधरीले कोहलपुरमा थारु संग्रालय स्थापनाका लागि पहल गरेपनि नेकपाको सरकारले थारु संग्रालय बनाउन नदिएको बताउँदै थारु संग्राहलय निर्माणको एजेण्डा नेपाली काँग्रेस बाहेक अन्य दलसँग नभएको स्पष्ट पारिन् ।

नेपाली काँग्रेसका उमेदवारहरुलाई बिजयी बनाउन थारु अगुवा नेताहरु उपमेयर चौधरीसहित फुलाराम थारु, जागेश्वर थारु लगायतका प्रभावशाली नेताहरुले आप्mनो समुदायँग सहयोगको लागि अपील समेत गरे । हालसम्म नेपाली काँग्रेसले नगर क्षेत्रका १० वटा वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको छ ।