नेपालगन्ज २३ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले वडा नम्बर ११ र १२ मा घरदैलो गरेकाछन् । विष्टले बिहीबार अपरान्ह वडा नम्बर ११ र साँझ वडा नम्बर १२ मा घरदैलो गरेका हुन् ।
वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका विष्टले नेपालगन्जको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।
मत माग्दै घरघर पुगेका विष्टले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाए । वडा नम्बर ११ मा वडा अध्यक्षका उम्मेदवार उज्ज्वलसिंह राठौर र वडा नम्बर १२ मा वडा अध्यक्षका उम्मेदवार तरुण कुमार बज्राचार्यसहित वडा सदस्यका उम्मेदवारहरुसंगै घरदैलोमा पुगेका विष्टलाई मतदाताले स्वागत गर्दै एक सक्षम र जुझारु युवाले नेपालगन्ज हाँकेको देख्न चाहेको प्रतिक्रिया दिएका थिए ।
स्थानीयले नेपालगन्ज बनाउने सपना साकार पार्न आफूहरुको साथ रहने बताएका छन् । घरदैलोमा काँग्रेस नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । वडा नम्बर ११ को घरदैलोमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी पनि सहभागी थिए ।
नेपालगन्जमा सत्तारुढ पाँच दलहरुबीच नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल छ । नगरप्रमुखमा काँग्रेसबाट प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट कमरुद्दिन राई उम्मेदवार हुनुुहुन्छ । वडाहरुमा भने छुट्टाछुट्टै प्रतिष्पर्धा छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’