खजुरा(बाँके) २३ वैशाख : नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल युथ आइकन र बृद्धबृद्धाको भरोसा बनेका छन् । वडा अध्यक्ष भएर मल्लले आफुलाई सफल प्रमाणित गरिसके ।
२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ५ वर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा विजयी भएका थिए ।
खसेको मतको ५० प्रतिशत भन्दा बढि मत प्राप्त गरेका मल्लले ५ वर्षमा वडामा गरेको काम, सरल तथा नम्र शैली र कम बोल्ने तथा भनेको कुरा पु¥याउने शैलीले ५ वर्षपछि खजुरा गाउपालिकाको नेतृत्व हाक्ने ठाउसम्म ल्याई पु¥याएको छ । विकास हेर्न खजुरा १ नम्बर वडामा जाउ भन्ने थेगो बन्ने गरी मल्लले काम गरेका छन् ।
मल्लले राधापुरमा गरेको काम यतिबेला खजुरामा सर्बाधिक चर्चाको रुपमा रहेको छ । सुमन मल्ललाई नचिन्नेहरु राधापुरको विकास गर्नेले समग्र खजुराको कायापलट गर्न सक्छ भन्ने बिश्वास सहित मल्लको समर्थनमा उत्रिएका छन् ।
अधिकाश जनप्रतिनिधीहरुमा आम जनताको सकारात्मक टिप्पणी नहुदा मल्ल भने निर्विकल्प विकासप्रेमी नेताको रुपमा छोटो समयमै परिचित हुनुभएको छ ।
सडक निर्माण र अन्य भौतिक पूर्वाधार मात्रै नभएर राधापुरमा सोलारबाट विद्युत उत्पादनको काम पनि हुँदैछ ।
मल्लले कोभिडको समयमा राधापुरमा चिकित्सक सहितको आईसोलेसन सञ्चालन गरेका थिए भने एम्बुलेन्स सेवा सञ्चालन गरे । गाउका विपन्न समुदायका बालबालिकालाई माध्यामिक तथा उच्च शिक्षाका लागि नियमित सहयोग गर्दै आएका छन् ।
गाउँमा विरामी पर्दा होस वा अन्य कुनै सहयोग गर्नुपर्दा मल्ल सधै अगाडी देखिनुहुन्छ । उनले एमालेबाट निर्वाचित जन प्रतिनिधी भएपनि अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्तिकै बिश्वास गर्दै आएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी